काठमाडौं । आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ…