बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’

काठमाडौं । जनता समाजवादी पार्टी (जसाप) बाट अलग भएका डा.बाबुराम भट्टराईको पार्टीको नाम 'नेपाल समाजवादी पार्टी' रहने भएको छ । निर्वाचन आयोगले भट्टराई पक्षको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब भट्टराईको नेतृत्वमा रहनेछ…