प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार बिहान प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट परेको हो । उनका अनुसार, सरकार असंवैधानिक रहेको भन्दै एक र प्रतिनिधि सभा विघटनविरुद्ध दुईवटा गरी तीन रिट दर्ता भएका छन् । ‘रिट अध्ययनकै क्रममा छ । अध्ययनपछि बाँकी प्रक्रिया…