काठमाडौं । आगामी फागुन २१ गत हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा सक्रिय भएका छन् । पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र चुनावी प्रचारप्रसारलाई तीव्रता दिन उनी बिहीबार इलाम पुगेका हुन् । इलाम पुगलगत्तै नेता शाहले विभिन्न क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन्…