काठमाडौं । नेपाली कांग्रेसले भोलि मात्र घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज साँझ ५ बजेका लागि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताले गर्दा उक्त कार्यक्रम भोलि बिहान १० बजेका लागि सारिएको छ । घोषणापत्र तयारी समिति सदस्य डा.गोविन्दराज पोखरेल अनुसार निर्वाचन क्षेत्रमा रहेका नेतालाई जुममार्फत…