केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ। शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले…