सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए । कार्यदलमा काँग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई…