काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट निलम्बन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न भनेको हो। सरकारले ११ कात्तिक २०७९ मा अधिकारीलाई चार वर्षका लागि…