काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव…