काठमाडौँ । आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देशक सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो । बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्दैछन् । उनीहरूले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन्…