तनहुँ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्यून रह्यो । तनहुँको १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए । ८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भइन् । एकाध वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए…