आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट वामदेव निष्कासित !

काठमाडौं । एक सातअघि आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट वामदेव गौतम निष्कासित भएका छन् । शनिबार काठमाडौंकाे सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला…