काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन् । प्राथमिक निर्वाचनमा अगाडि आएकाहरू समानुपातिक सूचीमा तल परेको टिप्पणी भइरहेका बेला डा. कार्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् । ‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधै पोसिसन…