काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका हुन् । अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका…