प्रदेश समितिले बुझाएकाे समानुपातिकको सूची कांग्रेसद्वारा अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले साथै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको छ । सातवटै प्रदेशले समूहगत छलफलबाट टुंग्याएको सूची कार्यसम्पादन समितिमा पेस गरेको थियो । कार्यसम्पादन समिति बैठकले ती नामहरू अनुमोदन गरेर बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । ५ बजेको बैठकले निर्णय गरेपछि मात्र निर्वाचन आयोगमा सूची पेस हुनेछ…