डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने कुलमानको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका…