काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले ऊर्जामन्त्री कुलमा घिसिङ रवि-बालेन एकतामा नसमेटिएका वा समेटिन नचाहेका भनी प्रश्न गरेका छन् । रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच भएको एकतामा घिसिङलाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । रवि-बालेन र कुलमानबीच आइतबार राति वार्ता भइरहँदा सुदनले सामाजिक सञ्जालमार्फत कुलमानलाई नसमेटिए पक्ष लिनुपर्ने बाध्यता आइपर्ने चेतावनी दिएका…