काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । शुक्रबार दिउँसो नेपाली कांग्रेसका नेताहरू आयोग अगाडि पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबिसहित आयोगमा…