कांग्रेस संस्थापनलाई आयोगले भन्यो- ‘विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय हुँदैन’

काठमाडौं । नेपाली काँग्रेसभित्र चुलिएको आधिकारिकता विवादमा निर्वाचन आयोगले विधि र स्थापित परम्पराका आधारमा मात्र निर्णय लिने स्पष्ट पारेको छ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको आधिकारिकता निर्धारण गर्दा आयोगले आफ्नो पद्धति, संविधान र विद्यमान ऐन-कानुनलाई मुख्य आधार बनाउने बताएका हुन् । आफ्नो पक्षलाई आधिकारिक दाबी गर्न आयोग पुगेका काँग्रेस नेताहरूसँगको छलफलमा आयुक्त भण्डारीले…