पुनः निर्वाचन आयोग पुगे कार्यवाहक सभापति खड्कासहितका नेताहरू

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनः निर्वाचन आयोगमा पुगेका छन्। बिहान कार्यवाहक सभापति खड्कासहित ठुलो संख्यामा सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका थिए। त्यतिबेला उनीहरूले विशेष महाधिवेशन गर्न केन्द्रीय समितिबाट निर्णय नभएको जानकारी गराउँदै आधिकारिकता दिनुपर्ने बताएका थिए। दिउँसो विशेष महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरू पनि निर्वाचन आयोग पुगेका थिए।…