काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपति पौडेल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधान न्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भएको थियो । राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री…