शेखर र मीनेन्द्रले गरे देउवासँग डेढ घण्टा छलफल

काठमाडौं । नेपाली कांग्रेस विभाजनको सँघारमा पुगेको भन्दै नेता डा. शेखर कोइराला र नेता डा. मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफल गरेका छन् । रिजाललाई लिएर बिहीबार बिहान महाराजगन्जस्थित देउवानिवास पुगेका कोइरालाले पार्टी फुटबाट जोगाउन प्रयास थाल्न आग्रह गरेका हुन् । त्यहाँ उनले झन्डै डेढ घण्टा संवाद गरेका कोइरालाको सचिवालयले जनाएको छ…