दुर्गा प्रसाईंविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप

काठमाडौँ । दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन अदालतले थप तीन दिनको म्याद अनुमति दिएको छ । सोमबार राति वीरगञ्जस्थित होटेल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईँलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने, सामाजिक सद्भावमा असर पार्ने गतिविधि…