तेहरान । इरानमा सरकारविरोधी प्रदर्शन चर्किएसँगै स्थिति निकै भयावह बनेको छ । बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा मोडिएको छ । बीबीसी र विभिन्न मानवअधिकारवादी संस्थाहरूका अनुसार सरकारी दमनमा परी अहिलेसम्म सयौँ प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् । राजधानी तेहरानसहित देशका विभिन्न सहरहरू ‘युद्ध मैदान’ जस्तै बनेका छन्…