काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् । सोमबार आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा समावेश गर्नुपर्ने भन्दै केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणा पत्र यस्तो विश्लेषण गरिएको छ । अवधारणा पत्रमा पोखरेलले समाजमा रहेको आम निराशा र असन्तोष…