काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली अध्यक्षमा तेहेरिन खोजीरहेको सन्दर्भमा पाण्डेले उक्त टिप्पणी गरेका हुन् । सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पाण्डेले भने, "एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष…