राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसअघि सोमबार पनि सो प्रतिवेदन पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले प्रस्तुत हुन सकेको…