हेक्का रहोस् ! टेकुबाट निस्कँदै गरेको अवस्था आउनसक्छः गगन

काठमाडौं । राष्ट्रियसभाको उम्मेदवार फाइनल गर्न आज दोस्रो दिन मंगलबार बसेको नेपाली कांग्रेसको बैठकमा महामन्त्री गगनकुमार थापाले मूल नेतृत्वलाई पार्टीबाट निस्काशन गर्न सक्नेसम्मको चेतावनी दिएका छन् । उनले महामन्त्रीलाई थाहा नदिइ चुनावी गठबन्धन गरेको विषयमा रोष व्यक्त मात्र गरेनन् यसरी आफूहरुलाई हेप्दै जाने हो भने कांग्रेस टेकुबाट निस्कँदै गरेको अवस्था सिर्जना हुनसक्ने चेतावनी दिए ।…