काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि अर्का शीर्ष नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खनालले गजुरेलमाथिको कारबाहीलाई ‘अधिनायकवादी शैली’ को…