काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबारमा पुगेकी छन् । जेन–जी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारपरिसरको अवलोकनका लागि पुगेको उनका सहयोगी राजकुमार राईले जानकारी दिए । सिंहदरबार पुगेकी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घर जाने कार्कीको कार्यक्रम भण्डारी सिंहदरबार जाने भएपछि रोकिएको छ । अहिले…