काठमाडौं । भोली (आइतबार)देखिसुरु हुने कांग्रेसको विशेष महाधिवेशनका लागि त्यस पक्षका नेताहरू अहिले शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउन व्यस्त रहेका छन् । यही क्रममा नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन उनको निवास महाराजगञ्ज पुगेका थिए । निवासको कम्पाउन्डमा प्रवेश पाएका उनलाई करिब आधा घण्टा कुर्न लगाएर देउवाका स्वकीय सचिव भानु देउवा उपस्थित भए…