काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी सरकारलाई चुनावी प्रयोजनका लागि सेना परिचालन गर्न अनुमति दिएको जानकारी दिएको छ । "सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०८/०८ गतेको निर्णयमा…