एलएलडीसीको तेस्रो राष्ट्रसंघीय सम्मेलन शुरू, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

तुर्कमेनिस्तान । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा शुरू भएको छ । आजदेखि यही २३ गतेसम्म हुने सम्मेलनमा सहभागी देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजामा रहेकाे स्पोर्ट्स कम्प्लेक्समा स्वागत गरेका थिए । उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्ठित…