सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि इजलास सञ्चालनमा आउने

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालन हुने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ । जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो ।…