कार्यवाहक सभापति खड्काले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेस गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन्…