काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा ६ वटा कम्युनिस्ट पार्टीले भाग नलिने भएका छन् । साना कम्युनिस्ट घटकहरूको शनिबार कुपण्डोलमा बसेको संयुक्त बैठकले आसन्न निर्वाचनलाई ‘जनविरोधी’ संज्ञा दिँदै सामूहिक बहिष्कार गर्ने निर्णय गरेको हो । निर्वाचन बहिष्कारको घोषणा गर्ने दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी…