काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एघारौँ महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको यो दोस्रो पूर्ण बैठक हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले दिएको जानकारी अनुसार, बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे सुरु हुनेछ । यसपटकको बैठकमा सहभागी हुन आउने केन्द्रीय सदस्यहरूका लागि…