नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावको दृष्टिकोणबाट हटाएर विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताएका छन् । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई पुरानो राजनीतिक दृष्टिकोणभन्दा माथि उठाएर परिणाममुखी कूटनीतितर्फ लैजानुपर्ने आवश्यकता रहेको बताए । मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी…