चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन…