पूर्व सांसद कंडेलको निधन

बागलुङ । प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताए । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा…