सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता लामाले पाए सफाइ

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामालाई सफाइ दिएको छ । सोमबार न्यायाधीशहरू कुमार रेग्‍मी र अब्दुल अजीज मुसलमानको इजलासले विशेष अदालतले दोषी ठहर गरेको मुद्दा उल्ट्याउँदै लामालाई सफाइ दिएको हो । २०७५ साउन २४ गते विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर…