विदेशबाट मतदान गर्ने सम्भावनाबारे छलफल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उत्साहका साथ सहभागी हुन आह्वान गरेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सरकारले अध्यादेश जारी गरिसकेको बताइन् । “युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी…