पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी (अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनी शुक्रबार पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममार्फत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि बोल्दै उनले सभापति रवि लामिछानेलाई फसाइएको बताए । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि…