काठमाडौँ । काठमाडौँमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि विभिन्न समूहले सरकार र स्थानीय प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन्। नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो। काठमाडौँ महानगरपालिकाका नगर…