केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाओस् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्नान गर्नुपर्ने बताएका छन् । आज आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरूको समूहसँग छलफलमा कोइरालाले यस्तो बताएका हुन् । उनले अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार टुङ्ग्याउनुपर्ने भएकोले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर ६ माघपछि बोलाउँदा…