काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनमा रहेको राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ । गुठी संस्थानको जग्गा हडपेर बनाइएका टहराहरूमा महानगरले आज डोजर चलाएको हो । महानगरका अनुसार यी टहराहरूले मन्दिर परिसरको सुन्दरतालाई असर पुर्याइरहेको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको महानगरले जनाएको छ…