काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ छलफल गरेका छन् । होटल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग गृहमन्त्रीले लामो छलफल गरेका हुन् । छलफलका एजेण्डाबारे सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र बताइएकाे छ । पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ…