काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चुनावअघि महाधिवेशनमा गर्ने भए विशेष महाधिवेशन 'फेस' गरेर जानुपर्ने बताएका छन् । तर पार्टीलाई एकढिक्का बनाउने हो भने चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने उनले बताए । ‘विशेष महाधिवेशनमा जाऔं, म विशेष अधिवेशनको पक्षमा छु, हेप्ने हामीलाई अपराधिजस्तो, ए चुनाव जितेर आएको हो भन्या,’ आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा…