चुनाव सफल पार्न सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई…