तोकिएको प्रतिनिधिको उपस्थितिमा साउन मसान्तभित्र जनसम्पर्क समितिको महाधिवेशन गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै साउन मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। निर्वाचन समितिको अध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समितिले नेपाली कांग्रेसको…