काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशभर मलकाे हाहाकार भए पनि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले समस्या नबुझेकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले मलकाे समस्या नबुझ्ने खाले कृषिमन्त्री नियुक्त गर्ने परम्पराकाे विकास भएकाे भन्दै कृषिमन्त्री अधिकारीलाई कटाक्ष गरे । उनले भने, ‘देशभर मलकाे हाहाकार छ । हामीले कहिल्यै मलकाे…