विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमा गरेको विवादित टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । मेयर साम्पाङले फेसबुकमार्फत वीपी अस्पतालले उपमहानगरको जमिन सुटुक्क आफ्नो नाममा लगेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिन नगरबासीलाई अपिल गरेका थिए । बीपी कोइराला अस्पताल हटाएर सो स्थानमा नगर अस्पताल खोल्ने मेयर साम्पाङको घोषणा थियो…