काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । सीआईबीले तिनीहरूविरुद्ध मुद्दा चलाउन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार, ११ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सहकारीका अतिरिक्त हुण्डीको कारोबारमा पनि संलग्न भएको पाइएको छ…