गगनजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभयाे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस्तकालय निर्माण गरेकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् । सोमबार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी कार्यालयमा पुस्तकालय बन्नु राम्रो भएको बताए । ‘महामन्त्री गगन थापाजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था…